पूँजी बजार सुधारका लागि संघर्ष समिति गठन गर्दै दबाबमुलक आन्दोलनका कार्यक्रमहरु घोषणा

0
Shares

सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रमहरु घोषणा गरेको छ ।

सरकारले साढे तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँंदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

काठमाण्डौंको भृकुटीमण्डपमा जेठ २१ गते भएको सेयर १०० जना भन्दा बढी लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र विस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग् छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गते पूँजी बजारका विज्ञहरुसहित वृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाँई, नानीबाबु खरेल, पूरुषोत्तम कडेँल, एलपी शाह, संजय थापा, देव बहादुर कार्की, लक्ष्मण बञ्जारा, सुमन भण्डारी, विनोद कार्की, पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उपेति, सुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाङ शेर्पा, , मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ति सदस्य छन् ।

भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिँदै २७ रुपैयाँ कार्यक्रमका लागि संकलन गरेको छ ।

विश्वभरीको पूँजीबजार घट्नु र बढ्नु प्राकृतिक नियम भएपनि सरकारले लगानीकर्ताले कुरा नबुझ्दा एउटै मागका लागि पटक-पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको लगानीकर्ताको भनाई छ । पूँजी बजार विकास र विस्तारका लागि ५८ बुँदे सुझाव दिएपनि सरकारले लगानीकर्ताको मागलाई सम्बोधन नगरेको लगानीकर्ताको आरोप छ । सरकारले पूँजी बजारको समस्यालाई सम्बोधन गरेको भए लगानीकर्तालाई अहिलेको जस्तो गुहार गुहारको अवस्था नआउने समेत उनीहरुको भनाई छ । चार वर्षअघि लगानीकर्ताले आन्दोलन गर्दै नोक्सानीमा कर तिर्ने व्यवस्था हटाउन आन्दोलन गरेपनि अहिले पनि लागू नै रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार  १८ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।