सरकारी नीति तथा कार्यक्रम र बजेटबाट सन्तुष्ट हुन नसकेका लगानीकर्ताहरुको आम्दोलनमा होमिएपनि यस्ता कार्यक्रमले पनि आम लगानीकर्ताको मनोबल भने उकास्न सकेको छैन ।
जसका कारण सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
पूँजी बजार सुधारका लागि आन्दोलनमा उत्रिएको संघर्ष समितिले नेपाल धितोपत्र बोर्ड पुगेर पूर्व निर्धारित कार्यक्रम अनुसार आज बोर्ड अध्यक्ष रमेश हमाललाई पूँजी बजारको विकास र विस्तारका लागि १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष हमालले लगानीकर्ताको माग सम्बोधनको प्रतिबद्दता जनाउँदै प्रदर्शन नगर्न आग्रह गरेपछि कालोपट्टि बाँधेर विरोध गर्ने तय कार्यक्रम तिलक कोइरालाको संयोजकत्वमा गठित संघर्ष समितिले स्थगित गरेको थियो । तर बैंकिङ्ग प्रणालीमा कायम तरलता संकट, ब्याजदर, र राष्ट्र बैंकले लागू गरेको ४(१२ नीति तथा सिडी रेसियो गणानका कारण ओरालो लागेको नेप्से सोमबार पनि नथामिएको हो ।
राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थालाई धितोपत्र बोर्डले सम्बोधन गर्न सक्दैन : अध्यक्ष हमाल
नेप्सेका अनुसार सोमबार नेप्से १२.९१ अंकले घटेर २०६५.७८ बिन्दुमा झरेको छ । कारोबारमा आएको १३ मध्ये ७ वटा उपसमुहगत सूचक घटेका छन् भने ६ वटा सामान्य बढेको छ । जीवन बीमा सूचक २.०१ तथा बैंकिङ्ग १.३२ प्रतिशतले ओरालो लागेको छ ।
सोमबार १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँको कारोबार भएको छ । २२८ कम्पनीका ४४ लाख ९ हजार ६९१ कित्ता सेयर २५ हजार ९०८ संख्यामा खरीद बिक्री भएका हुन् ।
कारोबार रकमका आधारमा आज एशियन लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख ७७ हजार रुपैयाँको सेयर खरीद बिक्री भएको छ । एनआईसी एशिया बैंक ६ करोड ७७ लाख र नेपाल लाइफको ४ करोड ६२ लाखको सेयर कारोबार भयो ।
आज उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्तको सेयरमूल्य १५७.७०रुपैयाँ बढेर प्रतिकित्ता १९३२.८० रुपैयाँ र बलेफी हाइड्रोपावरको सेयर १६.८० रुपैयाँ बढेर १८५.४० रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.४७ प्रतिशत र मिथिला लघुवित्तको सेयरमूल्य ४.३७ प्रतिशतले बढेको छ ।

मर्जरका कारण एक वर्षदेपखि रोक्का रहेर आजैदेखि कारोबार खुलेको हिमालयन बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेर ३५८.९० रुपैयाँमा झरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरमूल्य पनि ९.९९ प्रतिशतले घटेर २६०.५० रुपैयाँमा झरेको छ ।
यसैगरी महुली लघुवित्तको सेयरमूल्य ७.६६ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त ३.९२ र नेपाल लाइफको सेयर लगानीकर्ताले आजको बजारबाट ३.९२ प्रतिशतका दरले गुमाएका छन् ।
सेयरबजार बढ्दा खुशी हुनुहुन्छ ? खुशी क्षणिक पो हुने हो कि !
लगानीकर्ता संघर्ष समितिले धितोपत्र बोर्डका अध्यक्षलाई बुझाएको १९ बुँदे ज्ञापनपत्रमा के के छन् माग ?
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया