नेको इन्स्योरेन्सको बोनस सेयरधनीको डिम्याट खातामा जम्मा

0
Shares

नेको इन्स्योरेन्स लिमिटेड (NIL) को बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बराबरको बोनस सेयर जम्मा भएको हो ।

कम्पनीले २०७८ फागुन ३० गतेसम्ममा सेयर डिम्याट गराएकाहरुको खातामा बोनस सेयर जम्मा गरिएको जनाएको छ । फागुन ३० गते पश्चात डिम्याट गर्ने सेयरधाीहरुको बोनस सेयर पनि क्रमशः सम्बन्धीत सेयरधनीको डिम्याट खातामै बोनस सेयर जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई भौतिक प्रमाणपत्र डिम्याट गर्न भनेको छ । भौतिक सेयर डिम्याट नगरी खातामा बोनस सेयर जम्मा नहुने भएकाले पहिला अनिवार्य रुपमा पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

२०७८ चैत ९ गते २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत (१० कित्ता बराबर १.५ कित्ता) बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापूँजीको ०.७९ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । सो अनुसार फागुन ३० गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र सभामा उपस्थित भई प्रस्तावित लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  १३ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।