आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख कित्ता सेयर सूचीकृत

0
Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

कम्पनीले बिक्री गरेको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।  सूचीकृत भएको आइएमई जनरल इन्स्योरेन्सको उक्त हकप्रद बुकक्लोजको अघिल्लो दिनसम्म कायम कम्पनीका लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीद बिक्री गर्न सक्नेछन् ।

आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गते देखि चैत १३ गतेसम्म बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत चुक्ता पूँजीको ४० प्रतिशत (१० कित्ता सेयर बराबर नयाँ ४ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो ।हकप्रदमा माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने व्यवस्था थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ जेठ २०७९, मंगलबार  १४ : ०१ बजे