सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को २१ हजार कित्ता संस्थापक सेयर लिलाम बढाबढमा बिक्री खुला गरिएको छ ।
कम्पनीको संस्थापक सेयरधनीहरु सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरिएको हो ।
उक्त सेयर खरीद गर्न चाहने लगानीकर्ताले आजको मिति (जेठ २४ गते मंगलबार) ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ ।
यसअघि गत बैशाख २० गते विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त सेयर बिक्री खुला गरेको थियो । यस अवधिमा विद्यमान लगानीकर्ताहरुबाट आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणहरुले समेत लगानी गर्न पाउनेगरी बिक्री खुला गरिएको हो ।
उक्त संस्थापक सेयर खरीद गर्न चाहने इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय चाबहिल, काठमाण्डौंमा पेश निवेदन गर्नु पर्ने जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया