विन्ध्यावासिनी हाइड्रोपावरमा आईपीओ आवेदक साढे १८ लाख पुगे, १६ गुणा बढी माग

0
Shares

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा अन्तिम दिन बुधबार साँझ साढे ५ बजेसम्ममा १८ लाख ४५ हजार ६७ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार उक्त अवधिसम्ममा उल्लेखित आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ मूल्यको २ करोड १९ लाख ३५ हजार १० कित्ता सेयरका लागि खरिद आवेदन परेको हो ।

यो सर्वसाधारणबाट माग गरिएको १३ लाख ६५ हजार कित्ताको १६.०७ गुणा बढीले ओभर सब्सक्राइब्ड भएको हो ।

कम्पनीले कम्पनीले जेठ २० गतेदेखि अंकित मूल्य १०० दरका १५ लाख कित्ता आईपीओ निष्कासन गरेकोमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि १३ लाख ६५ हजार कित्ता खरीदका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । गोलाप्रथाबाट भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् ।

आईपीओमा भोलि भदौ २५ गते बुधबार कार्यालय समयभित्र इच्छुक आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि माग गर्न सक्ने व्यवस्था थियो ।

कम्पनीले कास्कीको मिजुरेडाँडा क्षेत्रमा ८.८ मेगावाटका रुदी खोला ‘ए’ तथा लमजुङको पासगाउँ क्षेत्रमा ६.६ मेगावाट क्षमताको रुदीखोला ‘बी’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ जेठ २०७९, बुधबार  १९ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।