तीन क्यापिटलद्धारा निक्षेप सदस्यहरुलाई हितग्राही खाताको नवीकरण शुल्क बुझाउन ताकेता

0
Shares

बिहीबार तीन निक्षेप सदस्यहरु ग्लोबल आईएमई क्यापिटल, एनआईबिएल एस क्यापिटल र गरिमा क्यापिटलले आफ्ना निक्षेप सदस्यलाई हितग्राही खाता (डिम्याट) को वार्षिक नवीकरण शुल्क तिर्न सूचना जारी गरेका छन् ।

सम्बन्धीत निक्षेप सदस्य (डिपी) मा हितग्राही खाता खोली आफ्नो धितोपत्रको कारोबार गरि रहेका खातावालाहरुलाई वार्षिक शुल्क भुक्तानी गर्न ती कम्पनीहरुले अगामी असार मसान्तभित्र रकम बुझाउन ताकेता गरेका हुन् ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम हितग्राहीहरुले प्रत्येक आर्थिक वर्ष हितग्राही खाता सञ्चालन गरेवापत वार्षिक १०० रुपैयाँ शुल्क वापत बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

सोही बजोजिम आर्थिक वर्ष २०७७।२०७८ तथा अघिल्लो आर्थिक वर्षहरुमा खाता खोली सेवा लिइरहेका हितग्राहीहरुलाई वार्षिक शुल्क वापत बुझाउन सूचना जारी गरिएको छ ।

साथै, ती क्यापिटलबाट मेरो सेयर सुविधा उपभोग गरिरहेका हितग्राही ग्राहकहरुले सो सेवा सञ्चालनमा आएको प्रत्येक एक वर्ष भित्र नवीकरण वापतको ५० रुपैयाँ शुल्क बुझउनुपर्ने व्यवस्था रहेको छ । तोकिएको समयावधि भित्र नवीकरण नगर्नेहरुको सेवा स्वतः बन्द हुने भएकोले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क र मेरो सेयरको वार्षिक शुल्क समयमा नै भुक्तानी गरी सेवा सुचारु राख्न अनुरोध गरेका छन् ।

समयमा नै खाता नवीकरण नगर्ने ग्राहकको डिम्याट खाता फ्रिज हुने भएकाले आईपीओमा आवेदन दिन नपाउने, बिक्री गरेको सेयर ट्रान्फर गर्न नमिल्ने भएकाले समयमा नै भुक्तानी गर्न ती क्यापिटलले अनुरोध गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ जेठ २०७९, बिहीबार  १० : ११ बजे