नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्षको बुधबारको सम्बोधन अर्थात भाषणले बढेको सेयर बजारमा भोलिपल्टै दोहोरो अंकको गिरावट देखिएको छ ।
पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयले चार सदस्यीय समिति गठन र सेयर धितोकर्जामा लागू गरिएको ४/१२ करोडको सीमा आगामी आवदेखि हटाउने अर्थमन्त्रीले बोर्डको वार्षिकोत्सवलाई सम्बोधन गर्दै बताएका थिए ।
यस्तै बोर्डका अध्यक्षले आफुहरु पूँजीबजारको समस्याका बारेमा जानकार भएको र सबै निकायको समन्वयबाट समस्या हल गर्ने, वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओमा दश प्रतिशत आरक्षण कोटा र एसएमई प्लेटफर्म चार महिनाभित्र कार्यान्वयनमा ल्याउने बताएका थिए ।
पूँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री
पूँजी बजारका समस्या समाधानका लागि अर्थ मन्त्रालयद्धारा चार सदस्यीय समिति गठन
धितोपत्र बजारका नियामक नियकायका प्रमुखको अभिव्यक्तिले बुधबार सेयर आएको उच्च वृद्धि टिकाउ हुनेमा लगानीकर्ता आश्वस्त हुन नसक्दा बिहीबारै बजार दोहोरो अंकले घटेको छ । यस्तै बजार उकालो लाग्ने बलियो आधार नहुँदा लगानीकर्ताहरुले बढेको बेला बिक्री गरेर बजार घटेपछि किन्ने रणनीति अबलम्बन गर्दा बजार ओरालो लागेको हो ।
बुधबार ६० अंकले बढेको बजार टिकाउ हुनेमा लगानीकर्ता आश्वस्त हुन नसक्दा आज बजार सूचक १७.६४ अंकले घट्न पुगेकाे छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा १७ करोडले घटेको छ ।
आज नेप्से परिसूचक ०.८५ प्रतिशत अर्थात १७.५८ अंकले घटेर २०६२ दशमलव ८६ बिन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९९ अंकले घटेर ३९६.३९ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार कूल २२९ वटा कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रूपैयाँ पुगेको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबारमा आएको सबै १३ वटै उपसमूहगत सूचक घटेको छ । विकास बैंक सर्वाधिक २.०२ प्रतिशत र होटल तथा जलविद्युत सूचक १ प्रतिशतभन्दा धेरैले घटेका छन् । बिहीबार कुमारी बैंकको सर्वाधिक ६ करोड ७४ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन डिष्टिलरी ४.३२ करोड, अरुण काबेली पावर ३.९८ करोड, एशियन लाइफ ३.९८ करोड, नेपाल लाइफ ३.९५, नबिल बैंक ३.८८, अपि पावर ३.६८ करोड, अरुण भ्याली हाइड्रोपावर ३.६२ करोड, एनआईसी एशिया बैंक ३.१४ करोड र शिवम् सिमेन्टसको २.७१ करोडको सेयर काराेबार भएको छ ।
बिहीबार उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्तको सेयरमूल्य २३३.८० रुपैयाँ बढेर २५७२.४० रुपैयाँ पुगेको छ । यस्तै बलेफी हाइड्रोपावरको २२.४० रुपेयाँ २४६.६० रुपैयाँ पुगेको छ । एनएमबि ५० को एकाईको ५.२९ प्रतिशतले बढ्दा मिथिला लघुवित्त, आरबिबि म्युचुअल फण्ड १ र लक्ष्मी उन्नति कोषको सेयरमूल्य ३ प्रतिशत अधिक बढेको थियो ।
आज नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक समूहको सेयरमूल्य सबैभन्दा धेरै ६.६१ प्रतिशतले घटेको छ । बैंकको संस्थापक सेयरमूल्य १६.७० रुपैयाँ घटेर २३६ रूपैयाँमा झरेको छ । यस्तै सिंगटी हाइड्रोपावर र समीट लघुवित्तको ५ प्रतिशत तथा इमर्जिङ्ग नेपाल लिमिटेड, लुम्बिनी विकास बैंक, प्रोगेशिभ फाइनान्स र दिब्यश्वरी हाइड्रोपावरको सेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
पुँजीबजार अध्ययन समितिमा लगानीकर्तालाई नसमेटिएको गुनासो, “बिरामी बिनै उपचार असम्भव”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया