पछिल्लो समय निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आइतबार १२४ रुपैयाँ ८४ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले जेठ २९ गते आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा र खरिददर १२४ रुपैयाँ २४ पैसा कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार कायम भएको भाउ हालसम्म कै उच्च मूल्य हो ।
शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर १२४ रुपैयाँ ७३ पैसा र खरिददर १२४ रुपैयाँ १३ पैसा कायम भएको थियो । शनिबार डलरको भाउमा ११ पैसा वृद्धि भएको हो ।
डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो । नेपाल रुपैयाँ र भारुबीच स्थिर विनिमयदर कायम हुँदा भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने गर्छ ।
विदेशबाट रेमिटेन्स पठाउनेलाई डलरको भाउ बढ्दा फाइदा हुन्छ । तर नेपालको अर्थतन्त्र आयातमुखी भएकाले डलरको भाउ बढ्दा नेपाललाई डलर बढ्दा नाफभन्दा बढी घाटा बढी पर्छ । डलरको कारण वैदेशिक ऋणको लागत र निर्यात महँगो पर्छ ।
नेपाली रुपैयाँ हालसम्मकै कमजोर, अमेरिकी डलरको भाउ नयाँ उचाइमा
डलर महङ्गो हुँदा के असर हुन्छ ?
नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन् ।
डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।
डलरको भाउ बढ्दा त्यसले पर्यटन मार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ । यस्तै डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।
नेपाल उपभोग्य वस्तुदेखि विलासी सामाग्री गाडीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । नेपालका ६० प्रतिशत बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्नसक्ने हुनसक्छ ।
पछिल्लो समय करिब लाखको संख्यामा नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। शैक्षिक डिग्री हासिँल गर्नका लागि उनीहरूले त्यहाँ विदेशी मुद्रामा रकम भुक्तानी गनुपर्छ । डलरको भाउ बढ्दा ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ भने समग्रमा नेपाली अर्थतन्त्रमा नै त्यसको चाप पर्न जान्छ ।
विदेशी मुद्रा सञ्चितिको आवश्यकता आयातका लागि मात्र हो ?
रुपैयाँ हालसम्मकै कमजोर, डलर बलियो हुँदा रेमिट्यान्समा सुधार आए पनि महंगी झनै बढ्ने
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया