नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा संचितीमा परेको चाप रहेको बताएका छन ।
नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा भएको छलफलका क्रममा अध्यक्ष अग्रवालले भने, “तरलताको समस्या हुँदा उद्योगीहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । भएका उद्योगहरुले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन”,
उनले आन्तरिक उत्पादनको प्रबद्र्धन गरिनुपर्ने आवश्यकता औल्याउँदै परिसंघले औद्योगिकीकरणलाई बढावा दिन जोड दिदै आएको बताए । औद्योगिकरणले रोजगारी सिर्जना हुने, आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन हुँदै जाने अध्यक्ष अग्रवालले बताए।
नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड यूनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका पदाधिकारीहरुलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको हो ।
परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले केन्द्रको पाँचौँ श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिदै कोडिभ १९ को विशेष परिस्थितीमा कर्मचारीहरुले समझदारीपूर्ण सहयोग गरेको बताए । केन्द्रको स्थापना भएदेखि राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै उनले ट्रेड युनियन, कर्मचारीहरुबाट राम्रो सहयोग पाइरहेको बताए ।
कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष प्रेम कुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताए । उनले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरै मात्र कर्मचारी, श्रमिक आवद्ध भएको बताए । उनले श्रमिकहरुको सीप विकासमा रोजगारदातासहित राज्यले पनि दायित्व निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा सहभागीहरुले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजश्वका नीतिका कारण उद्योगीहरुले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताएका थिए ।
कार्यक्रममा परिसंघको रोजगारदाता परिषद्का संयोजक अमित बेगानी, परिसंघका महानिर्देशक दिपकराज जोशी, केन्द्रका महासचिव नवराज दाहाल, महिला समिति सचिव रिता पोखरेल, संयुक्त टे«ड यूनियन समन्वय केन्द्रमा आवद्द १० वटा राष्ट्रिय टे«ड यूनियन महासंघका अध्यक्ष एवं पदाधिकारीहरु सहभागी थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया