कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर

0
Shares

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन् ।

कुँवर दोस्रो कार्यकालका लागि प्यानसहित कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्षका प्रतिस्पर्धी सुरेन्द्र राठीलाई ३२३ मतले पराजित गर्दै कुँवर विजयी भएका हुन् । कुँवरले ६७८ मत पाउँदा राठीले ३५५ मत ल्याएका थिए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रतिद्धन्द्धी हरीशंकर ठाकुरलाई हराउँदै पुष्करराज ओझा दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । पदाधिकारीमा सबै कुँवर प्यानलका उम्मेदवार विजयी भएका हुन् । २ सदस्यबाहेक सबै सदस्य पनि कुँवर प्यानलका उम्मेदवार विजयी भएका छन् ।

उद्योग उपाध्यक्षमा कुँवर प्यानलकै दिनेश लम्साल, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा १ हजार ९५ मत खसेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार  १६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।