दिनेश राउत निर्देशित ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री

0
Shares

दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो ।

निर्देशक राउतले केही समयअघि सार्वजनिक सिनेमाको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको बताए । निर्देशक राउतले भने ,‘नेपालमा सिनेमा रिलिज भएकै मितिमा यी देशमा पनि रिलिज हुनेछ ।’

सिनेमाले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको सिनेमाले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जुम्लामा छायाँकन भएको सिनेमाले त्यहाँको परिवेशलाई टिपेको छ ।

सिनेमामा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ जेठ २०७९, आइतबार  १९ : ४० बजे