नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको भाउ सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको भाउ प्रतितोला ९८ हजार ९०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९८ हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको १ हजार २६५ रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा आइतबार छापावाला सुन प्रतितोला ९९ हजार २०० रुपैयाँ तथा तेजावी सुन ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८६३ र चाँदी प्रतिऔंस २२.६५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया