कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजा बीच छुट सम्झौता

0
Shares

कुमारी बैंक लिमिटेड र बाँके, कोहलपुर स्थित होटेल सेन्ट्रल प्लाजा बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो होटेलबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/ क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा होटेलको फुड एंड बेभरेज र रूम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३० जेठ २०७९, सोमबार  ११ : ३५ बजे