नेपाल इन्भेष्टेमन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच जेठ २७ गते शुक्रबार १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो सम्झौतासँगै नेप्सेले दुबै कम्पनीको धितोप कारोबार सोमबारदेखि रोक्का गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भङ्ग भएपछि सम्झौता कारण एक वर्षपछि सेयर कारोबार खुला भएको थियो । हिमालयनसँगको मर्जर सम्झौता असफल भएपछि इन्भेष्टमेन्ट बैंकले मेगासँग मर्जर सम्झौता गरेको हो ।

दुई बैंकले जेठ ३० गतेको पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति –एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) वमोजिम मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको सेयर कारोबार २०७९जेठ ३० गतेबाट रोक्का राखिएको नेपसेका बरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० जेठ २०७९, सोमबार  १२ : १३ बजे