प्रतिनिधि सभाको बैठक २०७९ साल जेठ ३१ गते मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत मंगलबार विभिन्न दश मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।
आजको बैठकमा अर्थ समितिका सभापति श्री कृष्ण प्रसाद दाहालले “अर्थ समितिको वार्षिक प्रतिवेदन, २०७९” पेश गरिसकेका छन् । विनियोजन विधेयकमाथिको छलफलको जवाफ जारी छ ।
विनियोजन विधेयक, २०७९ अन्तर्गत आज युवा तथा खेलकूद मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीहरुले मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया