सुनको मूल्य बुधबार ६०० रुपैयाँले घट्यो

0
Shares

सुनको मूल्य नेपाली बजारमा बुधबार तोलामा ६०० रुपैयाँले घटेको छ ।

मंगलबारको तुलनामा आज छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर मंगलबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी महासंघका अनुसार आज बुधबार तेजावी सुनको मूल्य पनि ६०० रुपैयाँले सस्तिँदै ९६ हजार रुपैयाँ भाउ तोकिएको छ । आज चाँदीको मूल्य भने स्थिर रहँदै १ हजार २४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाली बजारमा मंगलबार १ हजार ८०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ तोलाको २० रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१८ र चाँदी प्रतिऔंस २१.२४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ असार २०७९, बुधबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।