विसं २०७९ असार १ गते बुधबार आज संघीय संसद प्रतिनिधि सभाको एघारौं अधिवेशनको १४ औं बैठक जारी छ । आजको बैठकमा विनियोजन विद्येयकमाथि विभिन्न एघार मन्त्रालयगत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तर्गत निम्नलिखित मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल भैरहेको हो । प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले “शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदनहरु आ.व. २०७७/७८ र आ.व. २०७८/७९ ” पेश गर्ने कार्यसूची छ ।
यसैगरी विनियोजन विधेयक, २०७९ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ ।
आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची समेत रहेको छ । सांसद तथा पूर्व जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन उपर शोक प्रस्ताव पारित हुनेछ । हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग आबद्ध रहेकी उनी वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् ।
चौधरीको ५७ वर्षको उमेरमा जेठ २७ गते शुक्रबार उपचारको क्रममा भारतको नयाँ दिल्लीमा असामयिक निधन भएको थियो । आजको बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया