सुनको मूल्य नेपाली बजारमा बिहीबार तोलामा ८०० रुपैयाँले बढेको छ ।
बुधबारको तुलनामा आज बिहिबार छापावाल सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी महासंघका अनुसार आज बिहिबार तेजावी सुनको मूल्य पनि ८०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ भाउ तोकिएको छ । आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेर तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाली बजारमा बुधबार ६०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ स्थीर रहँदै तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३२ र चाँदी प्रतिऔंस २१.६८ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया