सेयर बजारमा शुक्रबार पनि नियमित कारोबार हुने

0
Shares

सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा खारेज गरेसँगै अबदेखि शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर बजार खुला हुने भएको छ ।

नेप्सेले हालको साताको पाँच दिन कारोबारलाइ यथावत राख्दै शुक्रबार पनि २ घण्टा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेप्सको सञ्चालक समितिको जेठ २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबार देखि बिहिबार सम्म ११ः०० बजे देखि ३ः०० बजेसम्म र शुक्रबार ११ः०० बजे देखि १ः०० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

हाल आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नियमित सत्रमा कारोबार हुने गरेको छ । नेप्सेको निर्णयपछि अब शुक्रबार पनि दैनिक २ घण्टा नियमित रुपमा सेयर बजार सञ्चालन हुनेछ ।

मन्त्रिपरिषदका्े जेठ २३ गते सम्पन्न बैठकले असार आइतबार सहित दुई दिन हुँदै आएको विदा खारेज गरेको थियो । सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेको थियो । इन्धन कटौतिका लागि भन्दै सरकारले जेठदेखि सातामा शनिबार र आइतबार परीक्षणको रुपमा दुई दिन सार्वजनिक विदा एक महिनामा नै खारेजी भएको हो ।

हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार ‘अड लट’को मात्र कारोबार हुँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ असार २०७९, बिहिबार  १४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।