धितोपत्र बजारमा बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अंकले वृद्धि भई १ हजार ९७८ दशमलव ९४ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अंकले उकालो लागेर ३८१ दशमलव ८३ बिन्दुमा पुगेको छ ।
कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहगत सूचक उकालो लाग्यो भने लगानी उपसमूहको सूचक भने ओरालो लाग्यो ।
बैंकिङ ६.३८, व्यापार २३.५७, होटल तथा पर्यटन १२.२५, विकास बैंक २२.८०, जलविद्युत् ८.५२, वित्त १४.०४, निर्जीवन बीमा ३४, उत्पादन २५.४१, अन्य ३६.६९, लघुवित्त ३९.१५, जीवन बीमा ५.०९ र सामूहिक लगानी कोष ०.१ अङ्कले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह ०.०६ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीकाे १३ करोड ८८ लाख ९७ हजार १५१ रूपैयाँ बराबरको कारोबार भएकाे छ । त्यस्तै, एनसिसी बैंक १० करोड ३५ लाख चार हजार ७१५, सिभिल बैंक चार करोड ७१ लाख १९ हजार ७८५, एनआइसी एशिया बैंक ३ करोड ५७ लाख २३ हजार ३८३ र नबिल बैंक २ करोड ५० लाख ४६ हजार ३५२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।
आज तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार आँधीखोला लघुवित्त, रिभर फल्स पावर र सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रिभर फल्स पावर ९.९७ प्रतिशतले बढेकाे छ । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६, कालिका लघुवित्त ७.६९ र एनसिसी बैंकका लगानीकर्ताले ६.६५ प्रतिशतले कमाए ।
त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स ३.८०, राष्ट्र उत्थान लघुवित्त ३.४१, माउण्टेन इनर्जी नेपाल २.७२, कुमारी इक्विटी फण्ड २.१९ र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ता २.०६ प्रतिशतले ओरालो लागे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया