सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलद्धारा पदबाट राजीनामा

0
Shares

सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामालाई क्यापिटल सञ्चालक समितिले स्वीकृत गरेको छ ।

ढुङ्गेललाई ४ वर्षे कार्यकालका नीम्ति क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । आफ्नो कार्यकाल १८ महिना बाँकी छँदै ढुङ्गेलले राजीनामा दिएका हुन् । यस सम्बन्धमा उनले घरायसी कारणले क्यापिटलबाट अलगिने निर्णय लिएको बताएका छन् ।

यद्यपी क्यापिटल सञ्चालक समितिको दबाबका कारण ढुङ्गेलले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिइएको बुझिएको छ ।

तीन दशकभन्दा बढी समयदेखि बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा काम गर्दै आएका ढुङ्गेलले विकास बैंक, फाइनान्स कम्पनी तथा मर्चेण्ट बैंकमा काम गरिसकेका छन् । यस अघि उनी एनआईसी एशिया क्यापिटलमा कार्यरत थिए ।

उनीसँग प्रोग्रेशिभ फाइनान्स लिमिटेड, अरनिको डेभलपमेण्ट बैंक लिमिटेड र एनआइसी एशिया क्यापिटलमा गरी ८ वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भुमिकामा रहेर समेत गरेकाे अनुभव थियाे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार  १३ : १३ बजे