सुनको मूल्य नेपाली बजारमा सोमबार तोलामा २०० रुपैयाँले बढेको छ । आइतबार तोलामा ३०० रुपैयाँले घटेको कारोबार भएको सुन सोमबार फेरि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार छ । यस्तै तेजावी सुनको भाउ पनि २०० रुपैयाँले बढेर ९७ हजार २०० रुपैयाँमा बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
आइतबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएर छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ, तेजावी सुन ९७ हजार रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर तोलामा १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४३ र चाँदी प्रतिऔंस २१.७२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया