लामो दूरीको सवारी साधनको भाडा दश दिनमै फेरि बढ्यो

0
Shares

सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । यस अघि जेठ २७ गते भाडा बढाएको सरकारले दश दिनमा नै असार ६ गते सोमबार पुनः भाडा वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीसाधनको ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ६.४९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ७.७० प्रतिशतले भाडा बढाइएको छ ।

नेपाल आयल निगमले असार ५ गते आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल लिटरको २१ रुपैयाँ र डिजल २७ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि सोमबारदेखि लागु हुने गरी वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । पछिल्लो मूल्य सूची अनुसार पेट्रोलको भाउ लिटरको १९९ रुपैयाँ र डिजलको १९२ रुपैयाँ पुगेको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ । सोही अनुसार बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ ।

स्थानीय रुटमा सञ्चालन हुने सवारी साधानको भाडादर भने प्रदेश सरकारले निर्णय गर्ने गरेको छ ।

कहाँ जान कति लाग्छ भाडा, विस्तृत विवरणका लागि तलको लिङ्कमा हेर्नुहोस्…

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार  १३ : ०८ बजे