हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलताको विकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा यस क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरुका लागि एक दिने उद्यमीशीलता प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले सञ्चालन गर्नको निम्ति आवश्यक ज्ञान र सीपहरुको जानकारी र प्रशिक्षण प्रदान गरिएको थियो ।
व्यापार व्यवसाय स्थापना र सञ्चालन गर्नका नीम्ति आवश्यक नियम कानून सम्बन्धि जानकारी, आवश्यकता अनुसार पुँजीको व्यवस्थापन गर्नका निम्ति उचित वित्तीय व्यवस्थापन, उत्पादित वस्तु र सेवाको बजार प्रवर्द्धन, आयकर सम्बन्धि व्यवस्थाको परिपालन, र ब्यापार व्यवसाय सफल रुपले संचालन गर्न आवश्यक अन्य सिप तथा ज्ञानको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरि दिगो उद्यमशीलता प्रवर्द्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो ।
कार्यक्रममा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले देशको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै अहिलेको परिवर्तनशील पृष्ठभूमिमा उद्यमीहरुले सार्थक र सान्दर्भिक क्रियाकलाप गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिँदै दिगो रुपले व्यवसाय सञ्चालन गर्न प्राथमिकतामा राख्नुपर्ने विषयहरु सम्बन्धी जानकारी प्रदान गरेका थिए । हिमालयन क्यापिटलका संस्थागत परामर्श विभागका प्रमुख मुज मानन्धर प्रशिक्षक रहेको उक्त कार्यक्रमबाट ३० जना भन्दा वढी प्रशिक्षार्थीहरु लाभान्वित भएका छन् ।
हिमालयन क्यापिटलले नेपाली पुँजी बजारमा धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धन, धितोपत्र प्रत्याभूति, संगठित संस्थाको तर्फबाट धितोपत्रधनीहरुको अभिलेख, ग्राहकका लागि लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ ।
वित्तीय शाक्षरता तथा उद्यमशिलता बिकाशका निम्ति विभिन्न दर्ता, सञ्चालन, तथा नीतिगत सेवा प्रदान गर्दै आएको हिमालयन क्यापिटल लिमिटेड राष्ट्रमा उद्यम प्रवर्द्धन गर्नका निम्ति निरन्तर रुपले क्रियाशील रहेकोे छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया