सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।
सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएकोे छ ।
उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ ।
पाटन अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया