प्रोग्रेशिभ फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ६ प्रतिशत बराबरको ४ लाख ८० हजार ६० कित्ता बोनस सेयर सेयर सूचीकृत भएको हो ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँको ६ प्रतिशत बोनस (४ करोड ८० लाख रुपैयाँ) र कर प्रयोजनका लागि ०.३१ प्रतिशत (२५ लाख २६ हजार रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त लाभांश २०७८ चैत १६ गते बुधबार सम्पन्न २५ औं सभाबाट पारित भएको थियो ।

सभा प्रयोजनका लागि प्रोग्रेशिभले गरेको बुकक्लोज अनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । नेप्सेमा सूचीकृत बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार  १९ : ०३ बजे