ट्रेड टावरको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

0
Shares

ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेड बीच उक्त सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको हो ।

कम्पनीले सर्वसाधारणमा ११ लाख ५८ हजार ९८० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ । उक्त सेयर निष्काशनका लागि कम्पनीले यसअघि लक्ष्मी क्यापिटल मार्केटलाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

ट्रेड टावर ग्रुपले थापाथालीमा ट्रेड टावर सञ्चालन गर्दै आइरहेको छ भने गौशालामा ट्रेड टावरको निर्माण कार्य अगाडी बढाएको छ । यसको पनि प्राथमिक सेयर निष्काशन गर्ने योजना रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार  १९ : ४९ बजे