
नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।
असार ६ गते बसेको बैंकको सञ्चालक समितिको ५९८ औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई ७ देखि लागु हुने गरी का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकको कम्पनी सचिव विनय कुमार रेग्मीले जानकारी दिए ।
बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल असार ६ गते समाप्त भएसँगै शाक्यलाई असार ७ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिइएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया