टोयटाले खरिदकर्तालाई क्षतिपूर्ति दिनुपर्ने

0
Shares

जापानी सवारी उत्पादक कम्पनी टोयटाले अष्ट्रेलियामा बेचेका करिव १ लाख ६० हजार सवारी ग्राहकलाई क्षतिपूर्ति तिनुपर्ने भएको छ ।

संघीय अदातलले हजारौँको सङ्ख्यामा बिक्री भएका आफ्न सवारी साधनमा समस्या देखिएको निश्चित गरेपछि खरिदकर्तालाई क्षतिपुर्ति दिनुपर्ने भएको हो ।

टोयोटाले बिक्री गरेका हाइलक्स, फर्चुनर तथा प्राडोको डिपिएफमा खराबी देखिएको भन्दै परेको भन्दै परेको मुद्धाको सुनवाई गर्दै अष्ट्रेलियाको संघीय अदालतले त्यस्ता सवारी खरिदकर्तालाई क्षतिपूर्ति दिन आदेश गरेको थियो ।

टोयोटाले अष्ट्रेलियमा बिक्री गरेको करिव २ लाख ६० हजार भन्दा धेरै सवारी साधनमा डिजेल पार्टिकुलेट फिल्टर (डिपीएफ) मा खराबी देखिएको भन्दै उत्पादक टोयोटा विरुद्ध अष्ट्रेलियाको संघीय अदालतमा मुद्दा दर्ता भएको थियो ।

सन् २०१५ को अक्टोबरदेखि सन् २०२० को अप्रिल २३ सम्म बिक्री गरिएका टोयोटाका सवारी साधनका डिपीएफमा समस्या देखिएको थियो । यसले गर्दा इन्धन खपतमा समस्या परेको, प्रदुशित ग्यासको निश्कासन गरेको र ईन्जिनको दक्षतासमेत खस्किएको आरोप लगाइएको थियो ।

अदालतमा पेश गरिएका प्रमाणले डिपीएफमा खराबी आएका सवारी साधन १७.५ प्रतिशत छुट दिएर बिक्री गरेको समेत पुष्टि गरेको जनाइएको छ । योसँगै टोयोटाले आफ्ना उत्पादन बिक्री गर्न गलत तथा भ्रामक सूचना फैलाएको अदालतमा पुष्टि भएको बताइएको छ ।
क्षतिपूर्तिको फैसलापछि टोयटाले अव प्रत्येक कार खरिदकर्ताहरुलाई १० हजार ५०० डलर क्षतिपूर्ति दिनु पर्ने भएको छ ।

क्षतिपूर्तिका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने बताइएको छ । अदालतले गरेको उक्त निर्णय महत्वपूर्ण रहेको र यसले टोयोटालाई ऐतिहासिक रुपमा नै भारी रकम तिर्न बाध्य बनाएको गिल्वर्ट प्लस टोविनका ल फर्मका कानुन व्यवसायी म्याट म्याकेन्जीले बताएका छन् ।

उता टोयोटाले भने फेडरल कोर्टको निर्णय स्वीकार नगरी पुनरावेदनमा जाने विज्ञप्तिमार्फत जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार  १६ : ३९ बजे