सिन्धु विकास बैंकले यो वर्ष पनि लाभांश नदिने

0
Shares

सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

बैंकले २०७६/७७ को नाफाबाट पनि लाभांश वितरण गरेको थिएन । बैंक सञ्चालक समितिको असार ७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही कारण यसपटक पनि बैंकका सेयरधनीको हात खाली हुने भएको छ ।

सिन्धुले पछिल्लो पटक आर्थिक वर्ष २०७५/७६ मा ११.४९५ बोनस सेयर र कर तिर्न ०.६५ नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार  ०६ : ३१ बजे