दोर्दीखोला जलविद्युतको आईपीओमा आवेदन गरेका ११ हजार १७० कित्ताको आवेदन रद्द

0
Shares

दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन भएको ११ हजार १७० कित्ता सेयरको आवेदन रद्द भएको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

असार ८ गते बुधबार क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा दिइएको जानकारी अनुसार स्थानीय बासिन्दाबाट परेको ६ हजार २३० कित्ता तथा अन्य सर्वसाधारणबाट परेको ४ हजार ९४० कित्ताको आवेदन रद्द गरिउको हो ।

क्यापिटलका अनुसार ४६० जना सर्वसाधारणले ४ हजार ९४० कित्ता सेयरको मा गर्दै दोहोरो आवेदन गरेका तथा ४२२ जना आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पहिलो चरणमा जारी भएको सेयर र हाल सर्वसाधारणका लागि जारी सेयर दुबैका लागि आवेदन गरेकाले रद्द गरिएको हो ।

आईपीओमा आवेदन परेको कुल १४ लाख ७१ हजार ६६५ वटा आवेदनबाट १ करोड ६३ लाख ९७ हजार ११० कित्ताको माग परेकोमध्ये ८८२ आवेदन मार्फत परेको ११ हजार १७० कित्ताको आवेदन रद्द भएको हो । १४ लाख ७० हजार ७८३ आवेदनको १ करोड ६३ लाख ८५ हजार ९४० कित्ता भने सदर भएको छ ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७० हजार ७८३ वटा आवेदनबाट परेको १ करोड ६३ लाख ८५ हजार ९४० कित्ता सेयर सदर भएकाले उक्त सेयरलाई मात्र बाँडफाँडमा सहभागि गराइएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँड २०७४ निर्देशिका बमोजिम माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार कुल २ लाख १ हजार ९८६ जना आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले २० लाख १९ हजार ८६० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरेर बाँकी रहेको ९ कित्ता सेयर तिनै गोलाप्रथाबाट सेयर पाएका (२ लाख १ हजार ९८६ जना) मध्येबाट फेरि गोलाप्रथा गरी ९ जनालाई १ कित्ताका दरले बाँडफाँड गरिएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा भाग्यमानी २ लाख १ हजार ९७७ जना आवेदकले १० कित्ताका दरले र ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले स्थानीय बासिन्दाबाट अवितरित २ लाख ९७ हजार ८४० कित्ता थप गरी कुल २१ लाख ९५ हजार ५०९ कित्ता सेयर जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सार्वजनिक निष्काशन गरिएको थियो ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीकाे बारेमा

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६६ फागुन १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।

कम्पनीले रन अफ रिभरमा आधारित १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजना निर्माण गर्दै आइरहेको छ । लमजुङ्ग जिल्लामा अवस्थित १२ मेगावाट दोर्दी १ जलविद्युत आयोजनाले गत सातादेखि विद्युत उत्पादन गरी राष्ट्रिय पूसारण लाइनसमा समेत जोडिएको छ । कम्पनीले मुख्य रुपमा यहि परियोजमा लगानि गर्ने योजना बनाएको छ ।

कम्पनीले ८.८ मेगाबाट क्षमताको रुदि खोला ए र ६.६ मेगावाट क्षमताको रुदि खोला बि गरी दुई जलविद्युत आयोजनाहरुको विकास गरी निर्माण कार्य सम्पन्न गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७५ करोड ९० लाख ६७ हजा ५०० रुपैयाँ रहेको छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई २९ करोड ५१ लख ९२ हजार ९०० रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ पुग्नेछ ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी एक अर्ब ५ कारेड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी सेयर स्वामित्व संस्थापक ७२ प्रतिशत र सर्वसाधारणको २८ प्रतिशत कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।