सुनचाँदीको भाउ घट्यो, सुन तोलाको ९७ हजार ३०० मा कारोबार हुँदै.

0
Shares

सुनको मूल्य नेपाली बजारमा बुधबार घटेको छ । मंगलबार स्थीर रहेको सुन बुधबार तोलामा ४०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार छ । यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९६ हजार ८०० रुपैयाँमा झरेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ, तेजावी सुन ९७ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२६ र चाँदी प्रतिऔंस २१.४० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार  ११ : १४ बजे