एससीटी र मोरु डिजिटलबीच स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालन सम्झौता

0
Shares

नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

पे नेप (मोरू) को कार्यलयमा आयोजित कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको होे।

मोरू डिजिटल वालेटसँगको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने एससीटीले जनाएको छ।

यस सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेटमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार  १४ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।