मूल्यवृद्धिको असर घरजग्गा कारोबारमा, फेडको नीतिले घर जग्गाको मूल्य घट्दै

0
Shares

अमेरिकामा ४० वर्ष यताकै उच्च भएको मुद्रास्फीतिको प्रभाव रियल स्टेट मार्केटमा देखिएको छ । अमेरिकी केन्द्रीय फेडरल रिजर्भले मौद्रिक नीति कसिलो पार्दै ब्याज दर बढाउने र बजेटमा आर्थिक वृद्धि प्रक्षेपण कम गरेपछि घर जग्गाको मूल्य घट्ने संकेत अमेरिकी रियल स्टेट कम्पनीले गरेका हुन् ।

उच्च मूल्यवृद्धि नियन्त्रण गर्न फेडरल रिजर्भले बढाएको औसत ब्याजदरका कारण लगानीकर्ताहरुले कोभिडको समयको अनुपातमा रियल स्टेटमा लगानी गर्न तत्पर छैनन् ।

३० वर्ष सम्म स्थीर रहेकोे धीतो ऋण ब्याज दर फेडरल रिजर्भले ५.२३ प्रतिशतबाट बढाएर ५.७८ प्रतिशत पु¥याएपछि लगानीकर्ताहरु थप निराश बनेको अमेरिकी होम कन्सट्रकसन कम्पनी लेन्नरले जनाएको छ । यसैगरी अर्को अनलाइन रियल स्टेट कम्पनी रेडफीनले फेडरल रिजर्भले यसरी नै ब्याज दर बढाउँदै जाने हो भने घरजग्गा बिक्रिमा कमी आउने र रियल स्टेट कम्पनीहरुले कर्मचारी हटाउनु पर्ने जसकारण बेरोजगारी दरमा वृद्धि हुने जनाएको छ । रेडफिनले यस वर्षमा ८ प्रतिशतले कर्मचारी कटौती गरेको छ ।

यसैक्रममा रेडफीनका डेपुटी प्रमुख तथा अर्थशास्त्री टेलर मार्र भन्छन्, “धीतो ब्याजदर जुन अनुपातमा बढ्छ, त्यसैगरी घर जग्गा खरिदकर्ताहरुको खरिद गर्ने शक्तिमा कमी आउँछ ।” गतवर्ष बजेट कटौती नगरिएका कारण घरजग्गाको मूल्यमा पनि कमी नआएको तर यस वर्ष बजेटमा कटौती गरिएको र बजेटमा नै आर्थिक वृद्धि कम प्रक्षेपण गरिएकाले यस वर्षको अन्त्य सम्ममा घर जग्गाको मूल्यमा कमी आउने उनले बताएका छन् ।

जुलाई महिनामा फेडरल रिजर्भले औसत ब्याज दरमा ०.७५ प्रतिशत बढाउने र धीतो ब्याजदर बढाएर ६ प्रतिशत पु¥याउने तयारी गरेसँगै त्यसले रियल स्टेट बजारमा नकरात्मक प्रभाव पार्ने लेन्नर ओम कन्सट्रकसन कम्पनीका कार्यकारी प्रमुख स्टुअर्ट मिलरले बताएका छन् ।

यो वर्ष अमेरिकी रियल स्टेट मार्केटमा ६८ हजार घरहरु बिक्री हुने अनुमान लेन्नरले गरेको छ । यसैगरी कोभिडको समयमा अमेरिकी सरकारले विस्तारकारी नीति अवलम्बन गर्दा रियल स्टेट कारोबारमा उल्लेख्य मात्रामा वृद्धि हुन पुगेको थियो ।

यसैगरी नेपालको सन्दर्भमा पनि फस्टाएको रियल स्टेट मार्केट विगत तीन चार महिना देखि सुस्ताएको छ । बैंकमा घरजग्गा धीतो राखी ऋण लिने र त्यो रकम अनुउत्पादक क्षेत्रमा लगानी बढाएको र कृतिम रुपमा जग्गाको मूल्य बढाएपछि सरकारले त्यस किसिमका कारोबार निरुत्साहन गर्न भूमि वर्गीकरण नीति ल्याएपछि पछिल्लो दुई साता यता रियल स्टेट प्राय ठप्प भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ८ असार २०७९, बुधबार  १५ : ०७ बजे