
सुनको भाउ बिहीबार तोलामा २०० रुपैयाँले बढ्दा चाँदी ५ रुपैयाँले सस्तिएको छ । बुधबार तोलामा ४०० रुपैयाँले घटेर कारोबार भएको सुन बिहीबार बढेको हो । चाँदी भने बुधबार पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९७ हजार रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३०० रुपैयाँ, तेजावी सुन ९६ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८३२ र चाँदी प्रतिऔंस २१.२९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया