खप्तड लघुवित्तको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल, एक करोड ३२ लाखको आईपीओ जारी गर्ने

0
Shares


खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ ।

खप्तड लघुवित्तले सर्वसाधारणलाई एक करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।

उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितो बन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

असार ८ गते बुधबार खप्तड लघुवित्त तथा मेगा क्यापिटल बीच सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्र हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असार २०७९, बिहिबार  १३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।