सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ छ । यसको मल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२४ र चाँदी प्रतिऔंस २१.१० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया