नेप्सेमा २ करोड २९ लाख कित्ता सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता कुल २ करोड २९ लाख ३० हजार ८४० दशमलव ०५ कित्ता सेयर सूचीकृत भएको छ । यो साता विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता बोनस, नेशनल हाइड्रोपावर कम्पनीको २५ लाख ६६ हजार ५७ दशमलव ४३ कित्ता बोनस, प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता बोनस, एनएलजी इन्स्योरेन्सको १२ लाख ६ हजार १३ दशमलव ०५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी जानकी फाइनान्सको ९ लाख ६१७ कित्ता बोनस र प्रागेशिभ फाइनान्सको ४ लाख ८० हजार ६० कित्ता बोनस सेयर पनि यसै साता सूचीकृत भएको हो ।

नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँँजीको १६.५० प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीको १८.५२५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत, जानकी फाइनान्सको १५ प्रतिशत र प्रागेशिभ फाइनान्सको चुक्ता पुँजीको ६ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस यो साता सूचीकृत भएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार  १६ : ४६ बजे