प्रभु क्यापिटलको आयोजना प्रभावितलाई अनलाइनबाटै आईपीओ भर्ने सेवा

0
Shares

प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैँले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुबैले अनलाइनबाट आवेदन दिन सक्नेछन् । आवेदन गरिसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्ने जनाइएकाे छ ।

साथै कनेक्ट आइपीएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँ नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पुँजी बजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ असार २०७९, आइतबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।