नागरिक लगानी कोषले बचतकर्तालाई १ अर्ब ७४ करोड बाँड्ने

0
Shares

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागी बचतकर्तालाई थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश मध्येबाट बचतकर्ताका लागि बचत रकममा १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको हो ।

नागरिक लगानी कोषकोे कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा करिब २ लाख ९८ हजार सहभागी छन् । कोषका अनुसार आर्थिक वर्ष २०७७-७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत दरमा थप प्रतिफल दिन लागिएको हो ।

२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट यो थप प्रतिफल दिँदा सहभागीहरूको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुने कोषले जनाएको छ । प्रतिफलबाट प्राप्त हुने सो रकम कोषमा रहेको सहभागीहरूका खातामा जम्मा गर्ने व्यवस्था गरेको कोषले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: १२ असार २०७९, आइतबार  १३ : ३४ बजे