आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बाँडफाँड हुँदैछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबार बिहान ९ बजे क्यापिटलको कार्यालय नक्सालमा सेयर बाँडफाँड हुँदैछ ।
माग भन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिन असार ५ गते साँझ ५ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता सेयरको माग आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता सेयरको ३२१.६८ गुणा बढी हो ।
लघुवित्तले असार १ गते देखि कुल ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । त्यसमध्ये ०।५० प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया