आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ ६ हजार २६१ आवेदकले पाएका छन् ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा असार १३ गते सोमबार बिहान ९ बजे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम सेयर बाँडफाँड भएको हो ।
उच्च आवेदनका कारण गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियो ।
सदर आवेदनमध्ये ६ हजार २६१ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले ६२ हजार ६१० कित्ता सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरि बाँकी रहेको ५ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये २० कित्ताभन्दा धेरै आवेदन गर्नेमध्येबाट पुनः गोलाप्रथाबाट गरी पाँच जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।
लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म कुल ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि सर्वसाधारणलाई आवेदन माग गरिएको थियो ।
अन्तिम दिनसम्ममा लघुवित्तको आईपीओमा आवेदन गरेका १६ लाख ७४ हजार ६५२ मध्ये १६ लाख ७२ हजार ७९४ आवेदकको आवेदन स्वीकृत भएको छ भने १ हजार ८५८ आवेदकको आवेदन रद्द भएको बिओके क्यापिटले जनाएको छ । रद्द भएका १ हजार ८५८ आवेदकबाट २२ हजार ४४० कित्ता सेयरको माग परेको थियो ।
हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया