साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्गमा नेप्से दोहोरो अंकले बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा २५ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये २२ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत रहेको छ ।
यस अवधिमा नेप्से १०.३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलव ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ कम्पनी ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया