जी-७ द्वारा रूसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

0
Shares

सात राष्ट्रहरूको समूह (जी-७) ले मङ्गलबार सबैभन्दा कमजोर मानिसहरूलाई कुपोषणबाट जोगाउन अमेरिकी डलर ४५ बिलियनको सहयोग प्रतिबद्धता व्यक्त गरेको छ । साथै युक्रेनको ब्ल्याक सी बन्दरगाह माथिको नाकाबन्दी अन्त्य गर्न रूसलाई आग्रह समेत गरेको छ।

‘हामी भोकमरी र कुपोषणबाट सबैभन्दा कमजोरलाई जोगाउन थप ४.५ बिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता व्यक्त गर्दछौं । यो वर्ष विश्वव्यापी खाद्य सुरक्षाको लागि हाम्रो संयुक्त प्रतिबद्धताको रूपमा कुल १४ बिलियन अमेरिकी डलर बराबरको रकम हो,’ जी-७ ले एक विज्ञप्तिमार्फत जनाएको छ। ‘हामी रूसलाई बिना शर्त युक्रेनी ब्ल्याक सी बन्दरगाहहरूको यथाशीघ्र नाकाबन्दी अन्त्य गर्न आह्वान दोहोर्याउँछौं।’

त्यसैगरी जी-७ राष्ट्रहरूले मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाश लगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी अवैध नियन्त्रण एवं युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिहरू विरोध गरेको छ ।

त्यस्तै जी-७ नेताहरूले रुसद्वारा उद्पादित कृषि उत्पादनहरूको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका छन् ।
नेताहरूले भनेका छन्,’हामी यो सुनिश्चित गर्छौँ, हाम्रा प्रतिबन्ध प्याकेजहरूले खाद्यान्नलाई लक्षित गर्दैनन् र रूस लगायतका कृषि उत्पादनहरूको स्वतन्त्र प्रवाह र मानवीय सहायताको वितरण प्रवाहको लागि कुने अवरोध हुने छैन।’

युक्रेनलाई विश्वको १० प्रतिशत गहुँ, १२.१७ प्रतिशत मकै र आधा विश्वको सूर्यमुखी तेल आपूर्ति गर्ने ‘युरोपको खाद्य भण्डारू मानिन्छ। जारी रुस-युक्रेन द्वन्द्वले अहिले यो सबै आपूर्ति अस्तव्यस्त बनेको छ । बन्दरगाह कब्जाले युक्रेनलाई आर्थिक रूपमा घाँटी थिच्ने काम गरेको छ ।

चार महिनाभन्दा बढी समयको द्वन्द्वपछि युक्रेनका पाँच प्रमुख व्यापारिक बन्दरगाहमध्ये दुईवटा कब्जा गरिएको छ र दुवै काला सागरको उत्तरपूर्वमा छन् जसबाट युक्रेनलाई अत्यन्त जटिलता थपिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ असार २०७९, मंगलबार  १९ : ५३ बजे