
बिओके क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अनिल रत्न तुलाधर नियुक्त भएका छन् ।
क्यापिटल सञ्चालक समितिको बैठकले तुलाधरलाई २०७९ असार १३ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
नवनियुक्त सीईओ तुलाधरसँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी कार्य अनुभव छ । उनले ट्रेजरी, क्रेडिट एण्ड ट्रेड फाइनान्स विभागमा रहेर काम गरिसकेका छन् ।
बिओके क्यापिटल मार्केट लिमिटेड बैंक अफ काठमाण्डूको सहायक कम्पनी हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया