बोनसको कर बापतको रकम जम्मा गर्न आग्रह

0
Shares

समीट लघुवित्त वित्तीय संस्थाले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

लघुवित्तले एक सूचना प्रकाशित गर्दै २०७८ पुस २४ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भई समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७७ असोज ०६ गतेदेखि एकीकृत कारोबार थालेको थिए ।

एकीकृत कारोबार प्रारम्भ भएको मिति पश्चात् सेयर खरिद गरेका सेयरधनीहरुको हकमा सो थप सेयरमा प्रचलित आयकर ऐन, २०६३ बमोजिम कर लाग्ने र सो कर बापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकोले आर्जित बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरिएको छ ।

कर बमोजिमको बैंक खातामा जम्मा गरी सो को भौचर यस संस्थाको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेडको इमेल ठेगानामा पठाए पश्चात मात्र बोनस सेयर हितग्राही खातामा पठाउने सूचना मार्फत जानकारी गराएको छ ।

उक्त बोनस सेयर बापतको रकम सिभिल बैंकको खाता नम्बर ००२१००००४८२६८९ मा जम्मा गरी सो को भौचर संस्थाको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केटको इमेल ठेगानामा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयधनीहरुलाई २५.२८५३१६ प्रतिशतका दरले बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयरको कर बुझाउन आग्रह गरिएको हो ।

उक्त बोनस सेयर धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्नसक्नेगरी नेप्सेमा सूचीकृत भैसकेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७९, शुक्रबार  १८ : ३४ बजे