
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी साउन ९ गते सोह्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्तावित लाभांश अनुमोदन र मर्जर तथा प्राप्ती प्रकृयालाई अगाडि बढाउने मुख्य एजेण्डा सहित बैंकले साधारण सभा बोलाएको हो ।
साधारण सभा सद्धार्थ होटल बिर्तामोडमा बिहान ११ बजे आह्वान गरिएको छ । उक्त सभाले बैंकको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.४५ प्रतिशतले हुन आउने ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
साथै सभामा एक्सेल डेभलपमेन्ट बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने।गाभिने (मर्जर) वा प्राप्ती प्रयोजनको लागि पन्ध्रौ वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिने भएको छ । यसैगरी मर्जर अथवा एक्विजिशन सम्बन्धी आवश्यक कार्य गर्न, उक्त कार्यका लागि सहमतीपत्र (एमओयू) मा हस्ताक्षर गर्न मर्जर तथा ब्उक्वीजिशन समित्रि गठन गर्न, चल अचल सम्पत्तिको मूल्यांकन (डिडिए) गर्न मूल्यांकनकर्ताको नियुक्ती गर्न, निजको पारिश्रमिक निर्धारण गर्न, सेयर आदान प्रदान अनुपात निर्धारण गर्न, सम्बन्धित नियमनकारी निकायहरुसँग सहमति लिने लगायतका मर्जर तथा एक्वीजिशन सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया अघ्रि बढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने एजेण्डा रहेको छ ।
यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु उपर पनि सभामा छलफल भई पारित हुनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार २८ गते मंगलबारदेखि साउन ९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार असार २७ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया