बरुण हाइड्रोपावरले तोक्यो शतप्रतिशत हकप्रदको बुकक्लोज

0
Shares

बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर बिक्रीका लागि सेयर दाखिल खारेजी मिति (बुकक्लोज) तोकेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनको लागि कम्पनीले २०७९ साउन २ गते सोमबार सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।

यसअनुसार बुकक्लोजको मिति भन्दा अघिल्लो कारोबार दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा भएको कारोबारबाट कायम भएका सेयरधनीले मात्र हकप्रद सेयरका लागि दरखास्त दिन पाउनेछन् ।

कम्पनीले सबै सेयरधनीहरु तथा सेयर खरिदकताहरुले बुकक्लोज अनुसार सेयर नामसारी गर्न समेत कम्पनीले अनुरोध गदरेको छ । साथै खरिदकर्ता दलाल सदस्यहरुले समेत यसै सूचनालाई आधारमानी सिएम पुल अकाउन्टमा सेयर नराखी सम्बन्धित खरिदकर्ता सेयरधनीहरुको हितग्राही खातामा सेयर ट्रान्फर गर्न समेत अनुरोध गरेको छ ।

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर एक सय रुपैयाँ अंकित दरका २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते बुधबार एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो ।
कम्पनीको हाल चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०७९, आइतबार  १८ : १५ बजे