नेपाली बजारमा सोमबार सुन चाँदी दुबैको भाउ स्थीर बनेको छ । आइतबार तोलामा ३०० रुपैयाँले बढेर कारोबार भएको सुन सोमबार भने सोही भाउमा खरीद बिक्री भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । पहेँलो धातु आइतबार प्रतितोला ३०० रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा नै खरीद बिक्री भएको थियो ।
आज तेजावी सुनको भाउ पनि स्थीर रहँदै प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन आइतबार तोलामा ३०० ले बढेर ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी बजारमा सोमबार चाँँदीको भाउ १ हजार २०० रुपैयाँ भाउ निर्धारण गरिएको छ । आइतबार तोलामा १० रुपैयाँले घटेर यहि भाउमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८१२ र चाँदी प्रतिऔंस १९.८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया